कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडी बढाइएको छ। पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि भौतिक पूर्वाधार निर्माणको कामलाई अगाडी बढाइएको हो।
रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ। आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको हो
नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको छ। जुन निर्माणको कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ।
भौतिक पूर्वधारको निर्माण पछि पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने विश्वास गरिएको स्थानीयले बताए। पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ।