दमौली। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन्। उनले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका हुन्।
घिसिङले आयोजनाको स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन्। निर्माणाधिन आयोजनाको अनगमन गर्दै घिसिङले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न समेत निर्माण कम्पनीलाई आग्रह गरे।