काठमाडौं। मनाङको नासों गाउँपालिका–९ को उकालोमा एक्याप मनाङबाट सय मिटर पक्की रेलिङ निर्माण गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले दानाक्यु र तिमाङबीचमा पर्ने उकालोमा रेलिङ निर्माण गरेको हो।
पदयात्री तथा पर्यटकलाईको सहजतालाई ध्यानमा राखेर रेलिङ निर्माण गरेको बताइएको छ।
असोजदेखि मङ्सिरसम्म मनाङमा पर्यटकको चाप बढ्ने तथा पदयात्रीहरुलाई भीरमा लडिने भय पनि भएकाले रेलिङ लगाउने कार्य गरेको एकयाप मनाङले जनाएको छ।