काठमाडौं। आज सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय रुपैयाँले घटेको हो।
आज छापावाला सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी तोलामा एक हजार आठ सय ६० मा कारोबार भएको महासङ्घले जनाएको छ।