काठमाडौं। दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणको काम पुष मसान्तसम्म सकिने भएको छ। चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम सकिने क्रममा रहेको हो।
खानी तथा भूगर्भ विभागका अनुसार चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको छ।
गत जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भए पनि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिएको विभागले जनाएको छ।
जति गहिरो ड्रिलिङ गरिएको छ त्यसको प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण विज्ञले गरिरहेका छन्।
पेट्रोलियम पदार्थ हुन तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेको समेत विभागले जनाएको छ।