काठमाडौं। तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्न सम्बन्धित कम्पनीबीच सम्झौता भएको छ । मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबीच प्रसारण लाइन निर्माण सम्झौता भएको हो ।
उक्त प्रसारण लाइन देशमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण हुने भएको छ ।
ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२०र१३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ । आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ ।