काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझको समयमा विद्युत् कटौती गर्न सुरु गरेको छ। हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समयमा आयात गर्न नदिएको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती गर्न सुरु गरेको हो।
हिउँदमा चिसोका कारण विद्युतको माग बढी हुन्छ। तर यहि समयमा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता एक तिहाइ घट्ने गरेको छ । भारतले समेत पिक अप समयमा विद्युत निर्यात नगर्ने हुँदा औद्योगिक क्षेत्रको विद्युत काट्नु परेको प्राधिकरणले जनाएको छ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन उत्पादन नभएसम्म उक्त समस्या समाधान हुन नसक्ने प्राधिकरणको भनाइ छ।