काठमाडौं। आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
आजको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको बुझिएको छ। कार्यकारी निर्देशकबाट घिसिङ हटाउन निकै प्रयास गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विज्ञ बनाएर उनलाई अन्यत्र सरुवा गर्न सक्ने स्रोतले जनाएको छ।
गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्। तर प्राधिकरणमा भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि ओली विफल भएका थिए।