काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एकसाथ आठ वटा जलविद्युत् आयोजना मर्मत सम्भारका लागि टेन्डर आह्वान गरेको छ । गत मनसुनमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका ८ वटा जलविद्युत आयोजना मर्मतका लागि प्राधिकरणले टेन्डर आह्वान गरेको हो।
प्राधिकरणले टेन्डर खुलाएका आठ वटै आयोजना प्राधिकरणले निर्माण तथा व्यवस्थापन गरेका आयोजना हुन्। प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए हाइड्रो, कुलेखानी प्रथम हाइड्रो, कुलेखानी द्वितीय, कुलेखानी तेस्रो मर्मतका लागि टेन्डर आह्वान गरेको हो ।
त्यसैगरी प्राधिकरणका अनुसार गण्डक हाइड्रो, सुनकोशी हाइड्रो, इलाम ९पुवाखोला० हाइड्रो र सुनसरी चतरा हाइड्रोमा समेत निर्माणका लागि टेन्डर निकालिएको छ ।