काठमाडौं। रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भएको छ। निर्माण सामाग्रीको अभावका कारण ढिलाइ भएको आयोजनाको काम हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको हो।
मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या भएको र नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएका कारण निर्माण कार्य प्रभावित भएको बताइएको छ। अहिले कै गतिमा काम भएमा निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुने सम्भावना देखिँदैन।
सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए । समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव हुने बताउँदै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरेका छन्