काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आंशिक उत्पादन सुरु गरेको छ। माथिल्लो तामाकोशी आयोजनाबाट पुस ९ गतेदेखि १२० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो।
तर ४५६ मेगावाटको ‘पिकिङ रन अफ द रिभर’ आयोजना पूर्णक्षमतामा सञ्चालनमा नआउँदा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टाका दरले विद्युत् कटौती गरिरहेको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजना क्षतिग्रस्त भएको थियो।
अहिले आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।