काठमाडौं। जाजरकोटको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी रुपमा ट्रयाक खोल्नको लागी हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ।
भुगोल अप्ठ्यारो भएका कारण सडक निर्माणका लागी हेलिकोप्टरमा डोजर ल्याएर सडकको ट्रयाक खोल्न लागीएको नगरपालीकाले बताएको छ। यस नगरपालिका भित्र अहिले सम्म ३०० किलोमिटर ट्रयाक खोल्ने काम भएको हो।
वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी नगरपालिकाले वडा नं १ मा सडक निर्माणको कामलाई तिब्रता दिइएको हो।