काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को रजत जयन्तीको अवसरमा फोटो प्रदर्शनी गरिएको छ।
इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब) को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका ऊर्जा विकासमा केन्द्रित ५० उत्कृष्ट तस्बिर प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले अवलोकन गरेका थिए।
प्रधानमन्त्री ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे।
प्रतियोगितामा सुरविन्द्रकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गर्यो भने किरण पाण्डेले दोस्रो स्थान हात पारे भने अनिता कार्की तेस्रो स्थानमा भइन्।
विजेताहरूलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।