काठमाडौं। ताप्लेजुङमा रहेको पाथीभरा देवी मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्न सुरु गरिएको छ। हिमालय कन्स्ट्रक्सनले मंगलबारदेखि केबलकार निर्माण गर्न सुरु गरेको हो।
पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । अबको १५ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको निर्माण कम्पनीले जनाएको छ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाख सम्म पुग्ने कम्पनीको विश्वास छ ।
जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने बताइएको छ।