चितवन। चितवनमा महसुल नतिर्ने एक हजारबढीको लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने १ हजार ३३८ जना ग्राहकको लाइन काटेको हो ।
गच साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्नेको लाइन काटेको केन्द्रले जनाएको छ। एक हजार छ सय ६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।
उनीहरुबाट रु एक करोड पाँच लाख ४६ हजार एक सय ८८ बक्यौता उठाउन बाँकी रहेको बताएका छन्।