गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले जलविद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र लिनुअघि विद्युत् उत्पादक कम्पनीले निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। गाउँसभाको १६ औं अधिवेशनमा १ मेगावाटसम्मको जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्क प्रस्ताव गरी पारित गरिएको हो।
२५० किलोवाटसम्म २ लाख, ५ सय किलोवाटसम्मको ३ लाख, ७ सय ५० किलोवाटसम्म ४ लाख र १ मेगावाटसम्मको ५ लाख दररेट तोकिएको गाउँपालिकाले जनाएको छ। पालिकाको आन्तरिक स्रोत बढाउन र जलविद्युत् कम्पनीलाई करको दायरामा ल्याउन खोजेको पालिकाको भनाइ छ।