काठमाडौं। ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । शुक्रबार एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकबीच ऋण सम्झौता भएको हो।
कुमारी बैंकको अगुवाइमा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुंगो लागेको हो । आयोजनामा कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्ब र कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । स्वपूँजी भने अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ ।
कम्पनीका अनुसार निर्माण अवधिको ब्याजसहित यस आयोजनामा २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने भएको छ ।