ताप्लेजुङ । पाथीभरा केबलकार विवाद गृह मन्त्रालयले बनाएको वार्ता समितिले समाधान गर्न नसक्ने आन्दोलनरत समूहले निष्कर्ष निकालेको छ । वार्ता समिति पोलिटिकल लेबलमा नआएको भन्दै आन्दोलनरत समूहले वार्ता समितिले समाधान गर्न नसक्ने बताएका हुन्।
यो राजनीतिक विषय भएकाले कर्मचारीबाट नभई राजनीतिक तहको समिति बन्नुपर्ने उनीहरूको माग छ । सरकारले वार्ताका लागि न्यूनतम वातावरण पनि नबनाएको गुनासो उनीहरूको छ ।
वार्ताका लागि संघीय सरकारले लिएको पहललाई भने आफूहरूले सकारात्मक रूपमा लिएको उनीहरुले बताए। आन्दोलनरत समूहले ताप्लेजुङमा पक्राउ परेका प्रदीप मादेनसहितका तीनजना कार्यकर्ता रिहा हुनुपर्ने, केबलकार निर्माण कार्य रोकिनु पर्ने माग राखेका छन् ।