काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको जानकारी गराएका हुन्।
सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्याउने योजना सरकारको रहेको बताए ।
टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको रहेको भन्दै अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको सेयर पुर्याउन आवश्यक रहेको उनले जिकिर गरे ।
उनले भने, ‘टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको छ । अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधारणको शेयर पुर्याउनुपर्छ। सरकारले विद्युत् प्राधिकरणको पति २५ प्रतिशत शेयर सर्वसाधारणको लागि दिने तयारी गरेको छ ।’