काठमाडौं। पाथीभरामा निर्माणाधीन केबलकार विवादको विषयमा भोलि सरकारले वार्ता गर्ने भएको छ। ‘नो केबलकार समूह’सँग भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलेल वार्ता गर्ने भएका हुन् ।
नेकपा एमाले सांसद योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आग्रहमा गृह मन्त्रीले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिएको जानकारी दिए।
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फ़त समस्याको समाधान गर्न समेत उनले अनुरोध गरेका छन् ।
आजको बैठकमा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले कर्मचारी नभइ राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने अडान राखे।
आफूहरुले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ता बस्ने गरी माग गरेको तर वार्तामा कर्मचारीको नेतृत्वमा उपस्थित भएकाले आफूहरूले छलफल नै अगाडि नबढाएको ‘नो केबलकार समूह’ को भनाइ छ।