मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक आजदेखि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि आजदेखि बन्द गर्ने जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालयले सडक बन्द गरिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।