काठमाडौं। हुम्लाको सिमकोटमा सडक निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिमिकोट हुम्लाले सो सडक निर्माण गर्ने भएको हो।
जिल्लाको सर्केगढ–मारुघोर–खार्पुनाथ–सिमिकोट सडक निर्माण हुन लागेको हो। चालु आर्थिक वर्षमा मन्त्रालयबाट सो सडक निर्माणको लागि बजेट विनियोजन भएको थियो। हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको सिमकोटमा सडक निर्माण हुन लागेको हो। सडक निर्माण भएपछि सो क्षेत्र यातायात सँग जोडिनुको साथै सो षेत्रमा व्यापार व्यवसाय गर्न पनि सहज हुने भएको छ।
सो सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालय सिमिकोट हुम्लाले ठेक्का आह्वान गरिसकेको छ। सो सडक निर्माणको लागि करिब ३८ करोड ५६ लाख लागत लाग्ने अनुमान गरिएको छ। सो क्षेत्रमा सडक निर्माण भएपछि अन्य विकासका पूर्वाधारहरु पनि निर्माण हुने सिमकोटवासीको आशा रहेको छ। सडक निर्माण हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन्।