काठमाडौं। बागलुङको निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिएको छ। आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिएसँगै उक्त आयोजनाबाट चारदिन देखि विद्युत उत्पादन बन्द भएको हो।
मेसिन मर्मतका लागि बुटवल पठाइएको आयोजनाले जनाएको छ। आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ।