काठमाडौं। स्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत कार्य पूरा भएको छ। आयोजनाको दुईवटा टर्वाइनमध्ये युनिट ‘एक’ को मर्मतसम्भार सम्पन्न भएको हो।
मर्मत कार्य सम्पन्न भएसँगै आयोजनाबाट शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ। युनिट ‘एक’ को मर्मतपछि २५ मेगावाट विद्युत उत्पादन भएको हो। युनिट दुईको मर्मतसम्भार चलिरहेको छ। युनिट दुईको मर्मतकार्य सकिन अझै दुईदेखि तीन महिनासम्म लाग्ने बताइएको छ।
गत शनिबारदेखि आयोजनाको विद्युत गृहका टरवाइन र बाँधस्थल वरपरको मर्मत सुरु गरिएको थियो। आयोजनामा २५र२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेका छन्। आयोजनामा टर्वाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक समूहले गरिरहेको छ। विद्युत प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको थियो।