काठमाडौं। सुदूरपश्चिमको ३३ केभी प्रसारण लाइन जडान भएको छ। अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तार कार्य सम्पन्न भएको हो।
विद्युत विस्तार सम्पन्न भइ सुचारु भएपछि कालीकोट, जुम्ला र मुगुका नागरिकले सहज बिद्युत् पाउन थालेका छन् । कर्णाली प्रदेशका जिल्लामा बिद्युत् आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशबाट लाइन बिस्तार भएर बिद्युत् प्रवाह भएपछि यहाँका नागरिकलाई बिद्युत् सेवा लिन सहज भएको हो ।
गत वर्ष असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो । कमलबजारबाट साइखोलासम्मको ९ किमि तार तान्ने काम सकिएपछि कोहलपुरको लाइनको ठाउँमा सुदूरपश्चिमबाट आएको ३३ केभी लाइन जडान भएको हो।