काठमाडौं। संखुवासभाको भोटखोलामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण गर्न सुरु गरिएको छ। अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण गर्न सुरु गरिएको हो।
हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको छ। पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।
पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको छ।
भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ ।