काठमाडौं। दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको हो।
प्राधिकरणले नयाँ तारमा कभर समेत राखेको छ। यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखेको उक्त केन्द्रले जनाएको छ।
यसअघि तार चुडिने, क्षमता नथान्नेजस्ता समस्या थिए भने अब चार परिवर्तन गरेसँगै यी समस्या समाधान भएको वितरण केन्द्रले जनाएको छ।
बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुका साथै एकसय स्क्वायर फिट बनाइएको हो। एक करोड रूपैयाँ लागतमा ती तार फेरिएको छ । तुलसीपुरमा विद्युतका ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।