काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम हालसम्म अन्तिम चरणमा पुगेको छ। आयोजनाको काम हालसम्म हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत पूरा भएको हो।
तुँदी पावर प्रवद्र्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिइसकेको छ। सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।
अहिले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको छ।
रघुगंगा–७ चिमखोलामा बाँध र रघुगंगा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ।