काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले १८ गतेदेखि गरिरहेका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको हो।
संघले माघ २४ गते पेश गरेको १९ बुँदे ज्ञापनपत्रमा समावेश रहेका मागका सम्बन्धमा मंगलबारको बैठकले विभिन्न निर्णय गरेपछि संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।
बैठकमा अनुसार ग्यास उद्योगहरुको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२.७५ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको छ। तर, यो मूल्य उपभोक्ताले तिर्नु नपर्ने र निगम आफैले व्यहोर्ने बैठकको सहमति छ।
त्यस्तै, निगम सञ्चालक समितिको चैत १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई १८ गतेदेखि ग्यास उद्योगीहरुले निगमबाट पिडिओ नारठाएको र सो कारणले बजारमा ग्यास आपूर्ति असहज बनेकोले उद्योगीलाई दिइँदै आएको प्रतिसिलिन्डर मुनाफा कुन विधिबाट दिने भन्न विषयमा अभ्ययन उपसिमत बनाई अध्ययन गर्ने निर्णय भएको छ।