काठमाडौं। दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा विद्युतीकरण गरिने भएको छ। नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरले ती क्षेत्रका चार हजार बढी घरमा विद्युत पुर्याउन प्रक्रिया अगाडी बढाएको जानकारी दिएको हो ।
विद्युत् पुऱ्याउनका लागि करिब २५ करोड रूपैयाँ बजेट सुनिश्चित भइसकेको छ। त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत् पुग्ने छ । चीनको एआईआईबी बैंकको लगानीमा विद्युत् विस्तार हुन लागेको हो।
दंगीशरण गाउँपालिकाको वडा नम्बर १, शान्तिनगर गाउँपालिकाको वडा नम्बर १, २ र ३, बबई गाउँपालिकाको वडा नम्बर १, ५ र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ८२ १२ नम्बर वडाका केही बस्तीमा विद्युत विस्तार प्रक्रिया अगाडी बढेको हो। यी क्षेत्रमा अझैपनि विद्युत सुविधा पुगेको छैन।