काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माणाधीन २१.९३ मेगावाट क्षमताको काबेली ३ जलविद्युत् परियोजनाको काम अन्तिम चरणमा पुगेको छ। काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य सम्पन्न गरी चैत पहिलो सातादेखि नै विद्युत उत्पादनको तयारी गरिएको हो
चैत मसान्तभित्र सम्पन्न गर्नेगरी २०७९ माघदेखि काम सुरु भएको थियो । सिरिजङ्गा–५ पेदाङ, वडा नम्वर ६ मामाङखे र वडा नम्वर ७ खेबाङमा आयोजनास्थल रहेको छ । मामाङखे र खेबाङको सिमाना भएर वहने ओथम्मा गहिरी मुहानदेखि ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा पुर्याइएको छ । यहाँ उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए अमरपुर सबस्टेसनमा जडान गरिन्छ । यो पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको छ ।
आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रहेको ढुंगानाले बताए । एनएमबी, प्रभु र नबिल बैंक लिमिटेडको साझेदारीमा विद्युत् उत्पादन गरिएको हो ।