रुकुम पूर्व। सिस्ने गाउँपालिकास्थित सानीभेरी नदीमा निर्माण भएको मोटरेबल पुल सञ्चालनमा आएको छ। सात करोड लगानीमा निर्माण भएको पुल सञ्चालनमा आएको हो।
सिस्ने गाउँपालिकाका ३ देखि ६ सम्मका वडा एकापसमा र ३ र ४ वडा गाउँपालिकाको केन्द्र रुकुमकोटसँग जोडिएका छन्।
यो पुलले पश्चिमतिर भएर डोल्पा र पूर्वतिर भएर पोखरा, काठमाडौंसम्मलाई नजिक बनाइदिएको स्थानीयको भनाइ छ। लामो र पटक–पटकको ताकेतापछि यो पुल निर्माण सम्पन्न भएको थियो।
केही वर्षअघि मात्रै यो पुलको तलतिर झोलुंगे पुल बनाइएको थियो। सर्वसाधारण त्यही झोलुंगे पुलमार्फत पैदल र मोटरसाइकल वारपार गर्थे। सानीभेरी नदीकै कारण धेरै मान्छे गाउँपालिका केन्द्र पुग्न रुकुम पश्चिमको सदरमुकाम भएर जानुपर्थ्यो ।
पूर्वको बाग्लुङ, पोखरा हुँदै काठमाडौं पुग्ने रुट नै अर्को हुन्थ्यो । यसले गर्दा सर्वसाधारणले लामो, महँगो र पट्यारलाग्दो यात्रा गर्थे । अब भने त्यो समस्या टरेको छ । पुलले धेरै ठाउँलाई जोड्ने भएको छ ।