काठमाडौं। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको 'विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशाला' गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले विद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विद्युतीय चुलोको दिगो प्रयोगलाई व्यापक बनाउन गुणस्तरीय विद्युत् वितरण प्रणाली अपरिहार्य रहेको बताएका हुन्।
उनले भने, ‘भात पकाउँदा पकाउँदै लाइन गयो भने आधा पाकेको भात लिएर कहाँ जाने?उनले यसको प्रयोग बढाउन विद्युत् महसुल पनि सस्तो बनाउँदै लैजानुपर्छ ।’
दुर्गम क्षेत्रमा दुख गरेर बिजुलीको पहुँच पुयाइए पनि मानिस बसाइँ सरेर गएपछि त्यस्तो क्षेत्रमा बिजुली पुयाउन गरिएको लगानी खेर गएको उनले अनुभव सुनाए। अत मध्यम आर्थिक हैसियतका परिवारलाई विद्युतीय चुलो वितरण त्यति लाभकारी नदेखिएको पनि मन्त्री मगरको भनाइ थियो ।