काठमाडौं। दैलेखको भैरवी गाउँपालिका–५ बडाचौर खालि–डोग्रा क्षेत्रमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले खालि–डोग्राका दुई घरमा विद्युत सुविधा पुर्याएको हो।
केन्द्रले पुरानो एचटिएलटी लाइन मर्मत सुधार एवम् २ थान ट्रान्सफर्मर चार्ज गरी उक्त क्षेत्रमा विद्युत् पुयाएको हो।
बिजुली पुगेको त्यस क्षेत्रमा पालिकाले प्रत्येक घरधुरीलाई निःशुल्क विद्युत् मिटर समेत प्रदान गरेको छ। पहिलो पटक विद्युत सुविधा पुग्या स्थानीयबासी हर्षित भएका छन्।