काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो।
निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ रुपैयाँ मूल्य घटेको छ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।