काठमाडौं । ताप्लेजुङ जिल्लामा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खनिने भएको छ । टिबिएम प्रविधिको प्रयोग गरी करिब ८.७ किलोमिटर सुरुङ खन्नका लागि बिहीबार चिनियाँ कम्पनीसँग सम्झौता भएको हो।
आयोजना प्रवर्द्धक तमोर इनर्जी प्रालिका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना, महाप्रबन्धक द्वय प्रकृतिराज तिमल्सिना र पदमप्रसाद पोखरेल र चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडका तर्फबाट नेपाल प्रमुख लो झियारोङ, प्रबन्धक उज्वल पौडेल र आयोजना प्रमुख चेङ बोले हस्ताक्षर गरेका छन् ।
माथिल्लो तमोर टिबिएम प्रविधिबाट सुरुङ खन्ने पहिलो आयोजना भएको छ ।
कार्यक्रम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दुई देशबीचको आपसी सम्बन्धलाई बलियो बनाउने गरी ज्ञान र सीपको आधारमा काम गर्न सुझाव दिए ।