काठमाडौं । निर्माणाधीन २४ मेगावाटको सुपर सेती जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन आयोजनाका लागि सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा उपलब्ध हुने भएको हो।
आयोजनामा सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंक समेत गरी दुई बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका हुन्। यससम्बन्धी आयोजनाको प्रवर्द्धक कम्पनी र ऋण लगानीको अगुवाकर्ता बैंकबीच शुक्रबार साँझ सहवित्तीयणकरण ऋण लगानी सम्झौता भएको छ।
सम्झौता अनुसार आयोजनामा सानिमा बैंकले २ अर्ब ५० करोड र सिद्धार्थ बैंकले १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने छन्। आयोजनाको कुल लागत ५ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ।
यस अनुसार आयोजनाको विद्युत्को प्रतिमेगावाट लागत २१ करोड रूपैयाँ पर्ने देखिएको छ । आयोजनामा २५ प्रतिशत प्रवद्र्धकको स्वपूँजी र ७५ प्रतिशत बैंक श्रण लगानीको हिस्सा छ ।
?
२०८४ कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्यका साथ गत फागुन १८ गतेबाट आयोजनाको निर्माण कार्य सुरु भएको छ ।