काठमाडौं । इप्पानले जलविद्युत आयोजनाहरुको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न माग गरेको छ । मंगलबार इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधि मण्डलले बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझालाई बधाई दिँदै डिट्यारिफका विषयमा भएको सहमति कार्यान्वय गरिदिन आग्रह गरेको हो ।
जलविद्युत आयोजनाको बीमा नै नहुने, नविकरणको बेला अन्तिम समयमा बार्गेनिङ गर्ने, दाबी भुक्तानी पाउन ६ महिनादेखि १ वर्षसम्म समय लाग्नेहुँदा दाबी भुक्तानी ढिलो गरेमा ब्याजसहित तिर्ने व्यवस्था गरिदिन समेत इप्पान अध्यक्ष कार्कीले प्राधिकरणसँग आग्रह गरेका छन् ।
कार्कीले अरु कम्पनीको दाबी भुक्तानी ढिलो हुँदा धेरै फरक नपरेपनि जलविद्युत आयोजनाको दाबी भुक्तानी लिएर आयोजना पुनर्निर्माणको लागि कुर्नेहरुको आयोजनाको अनुमतिपत्रको अवधि पनि १ वर्ष खेर जाने हुँदा दोहोरो मारमा पर्ने गरेको बताए ।