दाङ। राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ। राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलामा सडक स्तरोन्नती गर्न दैनिक आठ आठ घण्टा बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार यात्रा गर्ने यात्रीलाई समस्यामा नपार्ने हिसाबले दिनमा तीन पटक गरेर ८ घण्टा सडक बन्द हुने छ।
आजदेखि २५ गतेसम्म सडक बन्द हुने छ। दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुने भएको छ।
यो समयअवधि भित्रमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ।