जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । तातोपानी गाउँपालिकाको वडा नम्बर ६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको हो ।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाका लागि ५० घनमिटरको रिजर्भ ट्याङ्की र दुई वटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ । आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।
कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित आयोजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।