काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।
यो ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले साना किसान सिँञ्चाइ कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता ३१ करोड ३९ लाख रुपैयाँ प्राप्त गर्ने निर्णय समेत गरेको छ ।