काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका–३२ मा पर्ने कवाडी केन्द्रहरू हटाउनका लागि छ वटा टोल सुधार समिति तथा स्थानीय बासिन्दाले उजुरी गरेपछि बिहीबार महानगरले डोजर लगाइएर हटाएको हो।
महानगर प्रहरी बलका प्रहरीका अनुसार च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीनवटा कवाडी सङ्कलन केन्द्रहरू हटाइएको हो ।
उक्त स्थानमा डोजर लगाएर हटाउने क्रममा दुई मजदुरले विरोधस्वरूप ढुङ्गामुढा गरेका थिए । ढुङ्गाले डोजरको सिसा फुटेको र ढुङ्गामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिएको नगर प्रहरीले जनाएको छ ।
स्थानीयवासीले बालबालिकाको पठनपाठनमा असर परेको, सामाजिक असुरक्षा सिर्जना भएको लगायतका गुनासो गर्दै ती सङ्कलन केन्द्र हटाउन माग गर्दै आएका थिए ।