काठमाडौं। ओखल्ढुङगा–सोलुखुम्बु सिमानामा पर्ने सिद्धिचरण राजमार्ग अन्तर्गत पत्ताले सडक खण्ड अबरुद्ध भएको छ। शुक्रबारदेखि परेको हिमपातका कारण सडक अबरुद्ध भएको हो।
हिमपातका कारण जिल्लाको माथिल्लो स्थानको जनजिवन प्रभावित भएको छ, भने राजमार्ग अबरुद्ध भएका कारण ओखल्ढुङगा हुँदै सोलुखुम्बु जाने तथा सोलुखुम्बुबाट ओखल्ढुङगा हुँदै काठमाण्डौं तथा तराइका जिल्लाहरुमा जाने सवारी साधनका यात्रुहरु समस्यामा परेका छन्।
शुक्रबार सामान्य हिमपात भएकोमा शनिवार साँझमा थप पानी परे सँगै जिल्लाको माथिल्लो भागमा बाक्लो हिमपात भएको हो। जसले गर्दा सडक अबरुद्ध भएको हो।