काठमाडौं । विकास हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
बोर्डका अनुसार ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।
बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ। बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको गोरखामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा छ ।