काठमाडौं । चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण पूरा भएको हो ।
आयोजनाबाट अबको १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने प्रवद्र्धक कम्पनी तुदी पावर कम्पनी लिमिटेडले जनाएको छ । विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भइसकेको छ ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ ।