तनहुँ । ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा क्षति पुगेका ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको चरण–१ अन्तर्गतका संरचना विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको हो।
ऋषिङ–१ र व्यास नगरपालिका–५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेर एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजनाले जनाएको छ । क्षति भएका घरको अनुगमन पश्चात अधिकतम रु तीन लाख र न्यूनतम रु दश हजार क्षतिपूर्ति बापत रकम तोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ । अब छ प्रतिशत परिवारले रकम बुझ्न बाँकी छ ।