काठमाडौं। चितवनको पर्यटकीय स्थल रत्ननगरमा ९ करोड ७९ लाखरुपैयाँको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया अघि बढाइएको छ। सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षण गर्न पानीसँग सम्बन्धित गतिविधिका पूर्वाधार बनाउन लागिएको हो।
उक्त वाटर किङडममा बालबालिकाको लागि चिप्लेटीदेखि पर्यटकका लागि बन्द हलभित्र कृत्रिम हिउँ पार्ने सम्मको पूर्वाधार निर्माण गरिने योजना रहेको छ। सो वाटर किङडम श्री टेक्नीकल–सीनर्जी जे.भी निर्माण कम्पनीले निर्माण गर्ने भएको छ। हाल किङडम ठेक्का सम्झौताको चरणमा रहेको छ।
पर्यटन विकासको लागि चितवनको रत्ननगरमा सो किङडम निर्माण गर्न लागिएको हो। उक्त वाटर किङडममा कृत्रिम पोखरी, स्विमङ पुल, चिप्लेटी, पानी डान्स, गर्मी छल्न हल भित्र कृत्रिम हिउँ, रोटे पीङ लगायतका आकर्षक पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ। यसले चितवनकै पर्यटन विकासमा टेवा पुग्ने देखिएको छ।