काठमाण्डौं। पाल्पाको तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अगाडी बढाएको छ। नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो।
चालु आर्थिक वर्ष २०७८।७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत आठौँ नगर परिषद्ले निर्णय गरी कालोपत्रेको काम अगाडी बढाइएको हो। पहिलो चरणमा ७०० देखि ९०० मिटरसम्म सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन।चार वर्षभित्र कलोपत्र हुँदै जाने नगरपालिकाले जनाएको छ।
निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग गरिने छ। एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम सुरु भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम अगाडी बढी रहेको छ।
सडकको विकास हुँदै गर्दा अन्य सेवासुविधा भित्रिने आशामा स्थानीयवासी खुशी छन्।