काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।