काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा पहिरोमा परेर एक एस्काभेटर चालकको मृत्यु भएको छ । दरखोला जलविद्युत् आयोजनाको सडक खन्ने क्रममा पहिरो जाँदा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एस्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको हो ।
जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा पहिरो खसेको थियो । पहिरोले पुरिएका कुमालको शव एस्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर एस्काभेटर समेत पूर्ण रुपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।